एसईई नतिजामा उल्लेख्य सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

१३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्षको परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

नियमिततर्फका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ। त्यस्तै, ३.२ देखि ३.६ जीपीए हासिल गर्ने ८१ हजार ३५५ जना छन् भने २.८ देखि ३.२ जीपीएसम्म ल्याउनेको संख्या ९९ हजार १२४ पुगेको छ।

२.४ देखि २.८ जीपीएसम्म प्राप्त गर्ने विद्यार्थी ४८ हजार ४७९ छन्। २ देखि २.४ जीपीएबीच पर्ने ४ हजार १२६ जना रहेका छन् भने १.६ देखि २ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ८ रहेको बोर्डले जनाएको छ।

0 Comments

Leave a comment

ताजा समाचार

सबै हेर्नुहोस्

Tags

"Stay ahead, stay informed with Arthik Sagar."

ट्यागहरू

© 2025 FinTech Technology. All Rights Reserved.